दाहाल-नेपाल समूहको आमसभाले काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त
नेकपा दाहाल -नेपाल समूहको आज हुने शक्ति प्रदर्शनका कारण काठमाडौंको ट्राफिक व्यवस्थापन प्रभावित भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते गरेको प्रतिनिधिसभा विघटनको विरोध गर्दै नेकपाको दाहाल -नेपाल पक्षले राजधानीमा गर्न लागेको विरोध प्रदर्शनले चक्रपथभित्रको ट्राफिक प्रभावित भएको हो।
यातायात आवागमनलाई व्यवस्थित गर्ने प्रयासमा बिहानैदेखि डाइभर्सन सुरु गरिएको छ ।साना सवारी साधनलाई पुतलीसडक रोडमा मात्रै प्रवेश दिइएको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।
दाहाल-नेपाल स समूहले आज बिहान ११ बजे राजधानीका ५ स्थानबाट जुलुस निकाल्दैछन्। र, सुन्धाराबाट मुल जुलुस निस्केर भृकुटीमण्डप जाँदैछ।
ती सबै स्थानका जुलुसहरूलाई केन्द्रीय नेताहरूले नेतृत्व गरेका छन्।पाँच वटा जुलुस पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल, र जमलबाट विभिन्न नेताहरूको नेतृत्वमा निस्किँदैछन्। त्यसपछि १२ बजे सुन्धाराबाट मुख्य जुलुस निस्किने नेकपाले सार्वजनिक गरिसकेको छ।
विरोधसभा अघि पुल्चोक, माइतीघर मण्डला, केशरमहल, त्रिपुरेश्वर र जमलबाट बिहान ११ बजेदेखि जुलुस सुरु हुने दाहाल नेपाल समूहको संघर्ष समितिले जनाएको छ । ती जुलुस सुन्धारामा पुगेर मूल जुलुसमा मिसिई भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुने छन् ।