नेकपा दाहाल-नेपाल समूहको विरोध सभाअघि काठमाडौंमा मार्चपास
संसद् विघटनविरुद्ध नेकपा दाहाल-नेपाल समूहले बुधवार गर्ने विरोध सभा अघि स्वयंसेवकले मार्चपास गरेका छन् ।
भोली बुधबारको विरोध सभा व्यवस्थापनका लागि खटिने स्वयंसेवकले मार्चपास गरेका हुन्। नेकपा दाहाल-नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा बुधबार काठमाडौंमा प्रदर्शन गर्न लागेको हो।
प्रदर्शनीमार्गस्थित वाल्मिकि क्याम्पसबाट सुरू हुने स्वयंसेवकको मार्चपास पुतलीसडक बागबजार- पुतलीसडक- कमलादी-रत्नपार्क हुँदै वाल्मिकिमै आएर सकिने बताइएको छ।
नेकपाको केन्द्रीय संघर्ष समितिले काठमाडौंमा प्रदर्शनसहित सभा गर्न लागेको हो।प्रतिगमनका षड्यन्त्रलाई परास्त गर्न प्रदर्शन गर्न लागिएको प्रचण्ड-नेपालले बताएका छन्।
जवसम्म केपी ओलीले घुडा टेक्दैनन् तबसम्म सडकमा आन्दोलन नरोकिने नेकपा दाहाल -नेपाल समुहका शिर्ष नेताले अडान गर्दै आएका छन् र त्यही अनुसार विरोध सभा गरिरहेका छन् ।
उनीहरुले प्रतिनिधि पुनस्थापना हुनु पर्ने अडान लिएका छन् ।