Logo
२६ जेष्ठ २०८२, आईतबार
(February 9, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगे प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन् ।

स्रोतका अनुसार प्रधानमन्त्री ओली दिउँसो १ बजे राष्ट्रपति निवास पुगेका हुन् । आज ९मंगलबार० निर्वाचन आयोगमा एक घण्टा छलफल गरेर बाहिरिएका प्रधानमन्त्री ओली सिधै राष्ट्रपति निवास पुगेका स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओलीले निर्वाचन आयोगमा गएर निवार्चनको तयारीबारे जानकारी लिएका थिए ।प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीले निर्वाचनको तयारी निरन्तर अगाडि बढाउन आयोगलाई सुझाव दिएको बताएका जानकारी दिएका थिए ।

प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गर्दै वैशाख १७ र २७ गते नयाँ निर्वाचनको मिति घोषणा गरेका छन् ।

प्रतिनिधिसभा विघटनको विरोधमा नेकपा दाहाल-नेपाल पक्ष, प्रतिपक्षी नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) लगायत नागरिक समाजले आन्दोलन गर्दै आएका छन् ।

भोली नेकपा दाहाल नेपाल समुहले भोलि बुधवार काठमाडौंमा विशाल जनपदर्शन गदैैछ । आम जनतालाई धेरैभन्दा धेरै प्रर्दशनमा सहभागि हुनको लागि प्रचण्ड र माधवले विशेष भिडियो मार्फत अपिल गरेका छन् ।

प्रकाशित मिति: Feb 9, 2021

प्रतिक्रिया दिनुहोस्