Logo
२५ जेष्ठ २०८२, शनिबार
(February 9, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आयोगलाई निर्वाचनको तयारीलाई निरन्तर अगाडि बढाउन प्रधानमन्त्रीको सुझाव

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनको तयारीको कामलाई निरन्तर अगाडि बढाउन सुझाव दिएका छन्।

आज निर्वाचन आयोग पुगेका प्रधानमन्त्री ओलीले आयोगसँगको छलफलमा आगामी बैशाख १७ र २७ गते हुने निर्वाचनको तयारीलाई निरन्तरता दिन सुझाव दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

सल्लाहकार थापाले भने ‘प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया र आयुक्तहरूले निर्वाचनको तयारीको सन्दर्भमा जानकारी दिनुभएको छ र प्रधानमन्त्रीले निर्वाचनको तयारीको कामलाई निरन्तर अगाडि बढाउन सुझाव दिनुभएको छ’।

आयोगसँगको छलफलपछि प्रतिक्रिया दिँदै सल्लाहकार थापाले निर्वाचनका लागि सुरक्षा बस्दोबस्ती, आवश्यक बजेट लगायतका निर्वाचनसँग सम्बन्धित विषयमा छलफल गर्नका लागि आयोग पुगको बताएका छन् ।

नेकपा विवादले विषयमा प्रधानमन्त्री र आयुक्तहरूबीच कुनै पनि छलफलन नभएको थापाले जानकारी गराए ।नेकपा विवादकाबीच प्रधानमन्त्री ओली निर्वाचन आयोग पुग्नुलाई अर्थपूर्ण रूपले हेरिएको छ ।

 

प्रकाशित मिति: Feb 9, 2021

प्रतिक्रिया दिनुहोस्