Logo
३१ बैशाख २०८१, सोमबार
(February 8, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसद् विघटनविरुद्धको रिटमा मंगलबार बहस नहुने

संसद् विघटनसम्बन्धी रिटमा मंगलबार बहस नहुने प्रधानन्यायाधीश चोलेन्‍द्रशम्शेर जबराले जानकारी दिएका छन् ।

जबराले न्यायाधीश इन्द्रराज पाण्डेको निधनको शोकमा मंगलबार इजलास नबस्ने बताएका हुन् । प्रतिनिधिसभा विघटन विरुद्ध सर्वोच्च अदालतमा परेका १३ वटा रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ भइहेको छ ।

अब उक्त रिटमा माघ २८ गते बहस हुनेछ । संसद विघटन मुद्दामा केही दिनयता प्रधानमन्त्रीको निजी कानुन व्यवसायीले सरकारी निर्णयको प्रतिरक्षामा बहस गरिरहेका छन् ।

प्रधानमन्त्रीको सिफरिसमा गत पुस ५ गते राष्टपति विद्यादेवि भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै आगामी बैशाख १७ र २७ गते मध्यावधी निर्वाचनको घोषणा गरेकी छन् ।

सरकारको उक्त निर्णय संविधान र लोकतन्त्र विरोधी रहेको भन्दै राष्ट्रपति तथा प्रधानमन्त्री कार्यालय, सभामुखलगायतलाई विपक्षी बनाई विघटित प्रतिनिधिसभाका सदस्य देवप्रसाद गुरुङ, कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्रीका तर्फबाट अधिवक्ता प्रवेश केसीले निवेदन दायर गरेका थिए ।

प्रकाशित मिति: Feb 8, 2021

प्रतिक्रिया दिनुहोस्