Logo
२२ जेष्ठ २०८२, बुधबार
(February 8, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१६ वर्षपछि पत्रकार डेकेन्द्र हत्याका अभियुक्त पक्राउ

दैलेखका पत्रकार डेकेन्द्र थापाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई १६ वर्षपछि पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय दैलेखको टोलीले हत्यामा संलग्न भएको आरोपमा दैलेखकै महाँबु गाउँपालिका–६ का ६८ वर्षीय जयबहादुर शाहीलाई पक्राउ गरेको हो।

पत्रकार थापाको २०६२ साउन २७ गते साविकको द्वारी गाविस–१ मा हत्या गरी शव गाडेको अवस्थामा फेला परेको थियो। उक्त मुद्दामा शाहीलाई जिल्ला अदालत दैलेखले २०७१ मंसिर २१ गते २ वर्ष कैदको फैसला सुनाएको थियो।

त्यसयता शाही फरार हुँदै आएका थिए। पक्राउ परेका शाहीलाई कैद भुक्तानका लागि दैलेख कारागार पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: Feb 8, 2021

प्रतिक्रिया दिनुहोस्