Logo
३१ बैशाख २०८१, सोमबार
(February 7, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानन्यायाधीश जबराको प्रश्न : अदालतले गरेको फैसला स्वीकार गर्ने वातावरण छ?

संसद विघटनको मुद्दामा सर्वोच्च अदालतले गरेको फैसला स्वीकार गर्ने वातावरण छ? भनी प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले प्रश्न गरेका छन्

आइतबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा भट्टराईले प्रतिनिधिसभा विघटनका पक्षमा बहस गरिरहेका बेला प्रधानन्यायाधीश जबराले प्रश्न गर्दै सो प्रश्न गरेका थिए ।

संसद विघटन गर्ने सरकारी निर्णयको प्रतिरक्षाका लागि आएका सहन्यायाधिवक्ता श्यामकुमार भट्टराईले सर्वोच्चको फैसला सबैले स्वीकार गर्न सकिने होस भनेपछि प्रधानन्यायाधीशले त्यस्तो वातावरण छ भनी प्रश्न गरेका हुन् ।

सहन्यायाधिवक्ता भट्टराईले संसद विघटनको सरकारी निर्णय सार्वभौमसत्ता सम्पन्न जनतासमक्ष गएको भन्दै अब त्यसलाई विघटन गर्ने र विघटित हुने सबै पक्षले जनतामा परीक्षण गर्नुपर्ने बताए ।

महान्यायाधीवक्ताको कार्यालयका वकिल श्याम भट्टराईले अब जनतामा जानुपर्ने बताएपछि प्रधानन्यायाधीशले प्रश्न गरे, ‘अहिले त्यस्तो वातावरण छ ?’

जवाफमा भट्टराईले फिल्ड मात्रै हेरेर नहुने भन्दै संविधान र राजनीतिक अधिकार पनि हेर्नुपर्ने तर्क गरेका थिए।आइतबार सरकारी वकिलहरुको बहस सकिँदैछ। त्यसपछि प्रधानमन्त्रीका तर्फबाट निजी कानुन व्यवसायीले बहस सुरु गर्नेछन्।

उनले यस विषयमा सर्वोच्च अदालतको फैसलाबाट मुख्य ३ वटा अपेक्षा रहेको बताए । ‘सर्वोच्च अदालतले विवाद किनारा गर्दा फैसला यस्तो होस्’ उनले भने ‘सैद्धान्तिक रुपमा स्वीकार गर्न सकिने होस्, वौद्धिक रुपमा आदर गर्न सकिने होस् र व्यवहारिक रुपमा कार्यान्वयन गर्न सकिने खालको होस् ।’

 

 

प्रकाशित मिति: Feb 7, 2021

प्रतिक्रिया दिनुहोस्