Logo
३१ बैशाख २०८१, सोमबार
(February 7, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसद् विघटन मुद्धामा बहस गर्न सरकारी वकिललाई १५ मिनेट समय

प्रतिनिधि सभा विघटनविरुद्ध दायर रिटमाथि बहस गर्न आजबाट सरकारी वकिलहरुलाई १५ मिनेटको समय निर्धारण गरिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले १५ मिनेट समय निर्धारण गरिएको सुरुमै स्मरण गराएका छन् ।संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनविरुद्ध दायर रिटमाथि आजको बहस सुरु भएको छ ।

संसद् विघटनविरुद्ध १९ माघदेखि सरकारी वकिलहरुले सरकारको पक्षमा बहस गर्दै आएका छन् ।प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।

उक्त संसद् विघटन गैरसंवैधानिक भएको दाबीसहित १३ वटा रिट दायर भएका छन् ।संसद् विघटन संवैधानिक वा असंवैधानिक भन्ने विषयमा केन्द्रित भएर माघ ४ गतेदेखि बहस सुरु भएको थियो । रिट निवेदकका तर्फबाट झण्डै ७० जनाले बहस गरेका थिए ।

प्रकाशित मिति: Feb 7, 2021

प्रतिक्रिया दिनुहोस्