Logo
२९ जेष्ठ २०८२, बुधबार
(February 5, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बुढी आमाको तरकारी फ्याँकेर र गरीबको ट्याक्सी जलाएर क्रान्ति गर्न खोजियो : प्रधानमन्त्री

नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आजको जनसभा हेरिसकेपछि पार्टीको स्वतः आधिकारिताको टुङ्गो लागेको बताएका छन् ।

नारायणहिटी दरबार संग्रहालय अगाडि भएको बृहत जनसभालाई सम्बोधन गर्दै ओलीले भने , ‘आजदेखि कुन पार्टी आधिकारिक भनिरहनु पर्दैन, अब यो सभा हेरि सकेपछि स्वतः आधिकारिकताको टुङ्गो लागिसक्यो ।’

ओलीले भने गरिब सर्वहारा श्रमजिविका लागि काम गर्ने भन्ने, तर बुढी आमाले डोकामा बोकेर ल्याएर बेच्न राखेको टमाटर, तरकारी बाटाभरी छरेर क्रान्ति गर्न खोजियो । त्यही हो उहाँहरुको क्रान्ति । किसानका मूला फ्याँकिए, त्यही हो उहाँहरुको क्रान्ति । एउटा गरिब ट्याक्सीवालालाई आगो लगाउनेहरु सर्वहारावादी पार्टी । ट्याक्सीभित्रै गरिब ड्राइभर जलाउन खोज्ने सर्वहारावादी पार्टी । घोषणै गरेर अब साकाहारी आन्दोलनले हुँदैन भनेको के हो ? चिकन चिल्ली खान्छु भनेको हो र? उहाँहरुले नरभक्षी आन्दोलन गर्न खोजेको हो । तर, नरभक्षी आन्दोलनका दिन गए । नरभक्षी आन्दोलन चलाउँछु भन्ने नसोचे पनि हुन्छ ।’

बिहीबार दाहाल-नेपाल समूहले गरेको नेपाल बन्दका कारण आगलागी भएको ट्याक्सीको क्षतिपूर्ति सरकारले दिने प्रधानमन्त्री ओलीले बताए । उनले भने, ‘उहाँहरु हिंसा गर्नुहुन्छ, हामी जनताको साथमा छौं, त्यसैले क्षतिपूर्ति दिन्छौं ।’

ओलीले भने, ‘सागसब्जी फ्याकिएको छ, त्यो नोक्सानको सरकारले क्षतिपूर्ति दिन्छ । हामी उहाँहरूलाई क्षतिपूर्ति हामी दिन्छौं । ट्याक्सी इन्स्यारेन्स गरेको होला । क्षतिपूर्ति दिन लगाउँछौं । भएन भने गरिबलाई हेर्ने सरकार छ । जनतालाई माया गर्ने सरकार छ । शान्तिलाई मन पराउने सरकार छ ।’

साथै उनले आज भएको जनसभा इतिहासकै सबैभन्दा ठूलो सभा भएको बताए । उनले अहिलेसम्म यति ठूलो जनसभा कहिल्यै नभएको बताउँदै साथका लागि सहभागी सबैलाई धन्यवाद दिए ।

बन्द गराउने पार्टीले कतिपय ठाउँमा बम राखेर ‘बिप्लव’ लेख्ने काम गरेको ओलीले आरोप लगाए ।

प्रकाशित मिति: Feb 5, 2021

प्रतिक्रिया दिनुहोस्