हिजो अराजकतावादीले जलाएको ट्याक्सीको क्षतिपूर्ति सरकारले गर्छ : ईश्वर पोखरेल
उपप्रधानमन्त्री एवं नेकपा ओली पक्षका नेता ईश्वर पोखरेलले हिजो अराजकतावादीले जलाएको ट्याक्सीको क्षतिपूर्ति सरकारले दिने प्रतिवद्धता जनाएका छन् ।
ओली पक्षद्वारा आज काठमाडौंमा आयोजित जनसभालाई सम्वोधन गर्दै पोखरेलले पाँच वर्षका लागि निर्वाचित प्रधानमन्त्रीलाई बीचमै धक्का दिएर हटाउन खोज्दा अस्थिरता पैदा भएको जनतासामु बताएका छन् ।
उनले सबै प्रतिकुलतासँग जुधेर मुलुकमा राजनीतक स्थायित्व कायम गरिनको लागि ताजा जानादेश जारी गरी निर्वाचन घोषणा गरीएको हो र त्यही अनुसार आफूहरुले काम गरिरहेको बताएका छन् ।
उनले निर्वाचन तोकिएको समयमानै हुन्छ र एक इन्चतलमाथी हुदैन भनेका छन् । उनले केपी ओली भएको पाटीनै आधिकारीक हुने र सूर्य चिन्न आफ्नो पार्टीको हुने दावी गरेका छन् ।
पोखरेलले हिजो प्रचण्ड-नेपाल पक्षले गरेको नेपाल बन्दमा एक मजदुरको ट्याक्सी जलाइएको घटनाको निन्दा गरे । जलाइएको ट्याक्सीको क्षतिपूर्ति सरकारले गर्ने उनले प्रतिवद्धता जनाए ।
पोखरेलले भने, ‘नेपाल बन्दको नाममा जनतालाई दुस्ख दिने कुराको निन्दा र भत्र्सना गर्दछु । हिजो आन्दोलनका नाममा अराजकता सिर्जना गर्नेले ट्याक्सी चलाएर गुजारा गर्नेमाथि सांघातिक हमला गरियो, म मन्त्रीको नाताले यही सभामार्फत भन्न चाहन्छ, केपी ओलीले नेतृत्वको सरकारले यसको क्षतिपूर्ति गर्ने छ ।’
पोखरेलले भने, ‘हिजोदेखि नै कसैको मृत्यूमा जीवन खोज्ने प्रचण्ड प्रवृत्ति हावी भयो । त्यसलाई सघाउन कुण्ठा र ईश्र्यामा बाँचेको माधव नेपाल प्रवृत्तिको गठवन्धन भयो । त्यसको परिणाम अराजकता सिर्जना गर्ने कोसिस गरियो । तर, यो प्रयासलाई हामी सफल हुन दिने छैनौं ।’