Logo
२६ जेष्ठ २०८२, आईतबार
(February 5, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संवैधानिक निकायहरुमा भएका नियुक्तिविरुद्ध सभामुखद्वारा सर्वोच्चमा रिट

सभामुख अग्नि सापकोटाले सर्वोच्च अदालतमा संवैधानिक निकायहरुमा भएको नियुक्तिविरुद्ध रिट दायर गरेका छन् ।

शुक्रबार दायर गरेको रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री लगायत नियुक्ति लिएकाहरुलाई विपक्षी बनाइएको छ । रिटको पेसी आइतबारलाई तोकिएको छ ।

कानूनी र राजनीतिक विवादका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अख्तियार, निर्वाचन आयोग लगायतका संवैधानिक निकायहरुमा पदाधिकारी नियुक्त गरेकी थिइन् । ।

त्यसको चौतर्फी विरोध भइरहेको छ । गत ३० मंसिरमा बैठक बस्न कोरम नपुगेपछि सरकारले अध्यक्षसहित बहुमत सदस्य उपस्थित भए संवैधानिक परिषद्को बैठक बस्न सक्ने गरी अध्यादेश ल्याएको थियो ।

प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष केपी शर्मा ओलीले त्यही साँझ बोलाएको बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा सहभाागी थिए भने सभामुख सापकोटा र विपक्षी दलका नेता शेरबहादुर देउवाले बहिस्कार गरेका थिए ।

संविधानअनुसार संवैधानिक निकायका पदाधिकारी नियुक्ति गर्दा संसदीय सुनुवाई समितिबाट अनुमोदन गरिनुपर्ने थियो ।

तर सिफारिसको ४५ दिनसम्म निर्णय दिन नसकेको अवस्थामा स्वतः अनुमोदन भएको मानिने संसदको संयुक्त बैठक र संयुक्त समितिको नियमावलीलाई टेकेर नियुक्ति दिइएको थियो ।

३८ पदाधिकारी सिफारिस भएको भए पनि ३२ जनाले सपथ लिएका थिए ।यसबारे सर्वोच्चमा मुद्दा विचाराधीन रहेका बेला सभामुख साकिोठा अर्को रिट लिएर गएका हुन् ।

प्रकाशित मिति: Feb 5, 2021

प्रतिक्रिया दिनुहोस्