Logo
३० जेष्ठ २०८२, बिहीबार
(February 5, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओलीले पार्टीमात्र होइन देश नै कब्जा गर्न लागेको नेपालको आरोप

नेकपा दाहाल समुहका अध्यक्ष माधवकुमार नेपालल केपी ओलीले पार्टीमात्र होइन देश नै कब्जा गर्न लागेको आरोप लगाएका छन् ।

आज विहान ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै ओलीले पार्टीमात्र होइन देश नै कब्जा गर्न लागेकाले अहिलेको विवादलाई नेकपाको आन्तरिक मामिलामात्र नसोच्न आग्रह गरेका छन् ।

नेपालले भने, ‘केपीले पार्टी त कब्जा गरे गरे देश नै कब्जा गर्न लागे। यो नेकपाको मात्र आन्तरिक मामिला हैन। लोकतन्त्र र संविधानको रक्षाको लागि हामी जिल्ला जिल्लामा पुग्यौं । अब यो हाम्रोमात्र मामिला रहेन ।’

साथै केपी ओलीले आर्मीका गाडी गुडाएर कोही नतर्सिने नेपालले बताए ।नेपालले ओलीलई गणेश प्रवृतिका मान्छेले बा भनेर पूजाआजा गरिरहेको बताए ।

नेपालले केपी ओलीसँग इतिहासले एक-एक हिसाबको बदला लिने बताए ।नेपालले चोइटिएर जानेको केही शक्ति छैन भन्दै जिल्लादेखि केन्द्रसम्म आफूहरुसँग बहुमत रहेको बताए ।

त्यस्तै नेकपा दाहाल नेपाल समुहको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीले राज्यसत्तालाई जंगली रुपमा कब्जा गरेर गुण्डाराज चलाउन थालेको आरोप समेत लगाए ।

अति भएर मात्रै आम हड्तालमा उत्रिनुपरेको उनले बताए । प्रचण्डले अब आम हड्ताल संयुक्त हुँदै गयो भने जनताले नै गर्ने दावी गरे ।

उनले भने, ‘केपीले राज्यसत्तालाई जंगली रूपमा ‘क्याप्चर’ गरे। संवैधानिक अंगका नियुक्ति र भूमि आयोगको कुराले गुण्डाराज देखियो तुरून्तै प्रतिवाद गर्नुपर्ने भयो र तत्काल आमहड्तालमा गयौ। जनताले साथ दिए ।’

प्रचण्डले थपे ‘यदि नेकपाभित्र पद पाउने लडाइँ हुन्थ्यो भने यो देशका सबैभन्दा राम्रो ब्रेन यो प्रतिगमन नै हो भनेर आन्दोलनमा छन् । लोकतन्त्रको पक्षमा को छ कति छन् भनेर पो हेर्ने हो मान्छेको टाउको गन्ने होइन’।

 

प्रकाशित मिति: Feb 5, 2021

प्रतिक्रिया दिनुहोस्