नेपाली कम्युनिष्ट आन्दोलनले एक योद्धा तथा युवा क्रान्तिकारी गुमायो : प्रचण्ड
नेकपा दाहाल -नेपालका अध्यक्ष पुष्पकमल डाहाल प्रचण्डले नेकपा केन्द्रीय समिति सदस्य तथा सर्लाही जिल्लाका इन्चार्ज कमरेड डाचाराज वाग्लेको सवारी दुर्घटनामा परी असामयिक निधनको खबरले स्तब्ध बनाएको बताएका छन् ।
प्रचण्डले बाग्लेको निधनले हाम्रो पार्टी र सिंगो नेपाली कम्युनिष्ट आन्दोलनले एक अथक योद्धा तथा युवा क्रान्तिकारी गुमाएको बताएका छन् ।
पार्टीले कमरेड वाग्लेप्रति क्रान्तिकारी अभिवादन सहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गरेको छ ।
इमान्दार र वैचारिक नेताको छवि बनाएका कमरेड वाग्लेले २०४३ सालमा विद्यार्थी आन्दोलनबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए ।
उनले २०४५ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गरेका थिए । २०४५ सालमा उनी अनेरास्ववियुको केन्द्रीय सदस्य बने ।
२०४७ सालमा उनी सर्लाही जिल्ला पार्टीको सदस्य थिए । त्यसपछि २०४९ सालमा उहाँ पार्टीको सर्लाही जिल्ला सचिव बने ।
उनी २०५२ सालमा अखिल क्रान्तिकारीको केन्द्रीय अध्यक्ष बनेका थिए । ०६४ सालमा पार्टीको केन्द्रीय सदस्य भएका उनी पार्टी एकीकरण पश्चात नेकपा (माओवादी केन्द्र) हुँदै हाल नेपाल कम्युनिष्ट पार्टी ९ने क पा० को केन्द्रीय सदस्य थिए ।
कमरेड वाग्लेले नेपाली मजदूर, किसान, उत्पीडित वर्ग र समुदायको मुक्तिको लागि वर्ग संघर्षलाई अगाडि बढाउने अभियानमा महत्वपूर्ण र नेतृत्वदायी भूमिका खेलेका थिए ।
नेपाली कम्युनिष्ट आन्दोलनमा उनको योगदानको उच्च मूल्याङ्कन गर्दै कम्युनिष्ट क्रान्तिकारीहरुका निम्ति उनीलाई सधैं स्मरणीय व्यक्तित्व रहने विश्वास लिएका छौं ।