दाहाल-नेपाल समुहले भोलि आमहड्ताल गर्ने
नेकपा दाहाल-नेपाल समूहले भोलि (बिहीबार) आमहड्ताल गर्ने भएको छ । ।
आज सरकारले संवैधानिक निकायहरूमा जबर्जस्ती पदाधिकारी नियुक्त गरेपछि दाहाल-नेपाल समुहले त्यसको विरोधमा आमहड्ताल गर्न लागेको हो।
आमहड्तालमा यातायात, बजार, उद्योग, कार्यालय सबै बन्द रहने भएकाले यो नेपाल बन्दजस्तै विरोध प्रदर्शन हो।
पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम परिमार्जित गर्दै भोली आमहड्ताल गर्न लागेको हो। यसबाहेक थप संघर्षका कार्यक्रम घोषणा गर्ने तयारी भइरहेको संघर्ष समिति स्रोतले जनाएको छ ।
यसबारे दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर जानकारी दिन लागेको एक नेताले बताएका छन् ।