Logo
२७ जेष्ठ २०८२, सोमबार
(February 3, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संवैधानिक परिषदमा गरिएको नियुक्ति र सपथ असंवैधानिक : प्रकाशमान सिंह

संवैधानिक परिषदहरुमा गरिएको नियुक्ति असंवैधानिक भएको नेपाली काँगेसका नेता प्रकाशमान सिंहले बताएका छन् ।

उनले संसदीय सुनुवाइ समिति नै नभएका बेला संविधानको खिल्ली उडाउँदै गरिएको नियुक्तिले प्रधानमन्त्रीमा अन्तरनिहित ‘म नै संविधान हूँ’ भन्ने दम्भ उजागर भएको बताएका छन् । ।

संवैधानिक परिषदको अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीसहितको (कोरम नपुगेको) बैठकले गरेको सिफारिस नै असंवैधानिक भएको उनको दावी रहेको छ ।

उनले भने त्यसैले आज गराइएको सपथ असंवैधानिक सिफारिसलाई मान्यता दिनका लागि गरिएको अर्को असंवैधानिक कदम हो ।

उनले भने संविधानलाई मिचेर अघि बढ्ने सरकारको अधिनायकवादी आकांक्षाको जति निन्दा गरे पनि कम हुन्छ ।

७ दशक लामो संघर्ष र ठूलो बलिदानीबाट प्राप्त उपलब्धिका रूपमा रहेको संविधान सरकार र सरकारमा रहनेहरूको असंवैधानिक कार्य र मनपरितन्त्रका कारण संकटमा परेको छ । अब पनि सचेत नहुने हो भने देश गम्भीर संवैधानिक र राजनीतिक दुर्घटनामा पर्ने निश्चित छ ।

सरकारले संविधान मिचेर गरिरहेको असंवैधानिक सफारिस, नियुक्ति, विचौलियाहरूलाई नियम मिचेर दिइएका ठेक्कापट्टा र राज्यस्रोतको दोहनले सीमा नाघिसकेको बताएका छन्

आज सामाजिक सञ्जालमा लेख्दै सिंहले अनावश्यक नियुक्ति र राज्यस्रोतको दुरूपयोग गर्दै ज्ञानेन्द्र शैलीमा गरिएका सभासम्मेलन देशलाई अस्थिरतातर्फ धकेलेको आरोप लगाएका छन् ।

उनले संविधानको रक्षा गर्न र राज्यको ढुकुटीमाथिको ब्रह्मलुट रोक्नमा लागि सबैलाई सचेत र जागरुक रहन अपिल गरेका छन् ।

प्रकाशित मिति: Feb 3, 2021

प्रतिक्रिया दिनुहोस्