Logo
३१ बैशाख २०८१, सोमबार
(February 2, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रचण्डविरुद्ध सर्वोच्चमा दायर अवहेलना मुद्दाको पेसी सर्‍यो

नेकपा दाहाल नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्चमा परेको अदालतको अपहेलना मुद्दाको पेसी सरेको छ ।

मंगलबार न्यायाधीश मनोज शर्माको इजलासमा पेसी तोकिए पनि हेर्न नभ्याइएको सर्वोच्च अदालतले जनाएको छ । दाहालविरुद्ध सोमबार अधिवक्ता समीर हायूले अदालतको अवहेलनाको निवेदन दर्ता गरेका थिए ।

निवेदनमा दाहालले सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा विभिन्न सभाहरूमा बोल्नुका साथै न्यायाधीशहरूलाई लक्षित गरेर अभिव्यक्ति दिएको जनाइएको छ ।

प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्चको स‌ंवैधानिक इजलासमा केही दिनयता निरन्तर बहस चलिरहेको छ ।यसअघि प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वसभामुख दमननाथ ढुंगाना र चार पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी अनुपराज शर्मा कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध पनि अवहेलना मुद्दा दर्ता भएको छ ।

उनीहरूलाई आफै उपस्थित भएर लिखित जवाफ पेस गर्न आदेश भइसकेको छ ।

 

प्रकाशित मिति: Feb 2, 2021

प्रतिक्रिया दिनुहोस्