Logo
२८ जेष्ठ २०८२, मंगलबार
(February 2, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दाहाल-नेपाल समूहले गर्‍यो निर्वाचन आयोगमा आधिकारिकताको दाबी

नेकपा दाहाल-नेपाल  समूहका शीर्ष नेताहरु निर्वाचन आयोगमा पुगेर राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार वैधानिकताको दाबी पेश गरेको छ ।

निर्वाचन आयोगमा अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाललगायत नेताहरू आयोग पुगेका थिए ।

अध्यक्षद्वय प्रचण्ड र माधव नेपालसहित मंगलबार आयोग पुगेको नेकपाको समूहले २७५ जना केन्द्रीय सदस्यको हस्ताक्षरसहित औपचारिक रूपमा वैधानिकताको दाबी गरेको हो ।

राजनीतिक दलसम्बन्धीको दफा ४४ आधार मानेर आफूहरुले पार्टीको आधिकारिताको दाबी गरेको दाहाल-नेपाल  समूह हमू स्रोतले जानकरी दिएको छ ।

निर्वाचन आयोगले पुरानो ४ सय ४१ केन्द्रीय सदस्यलाई आधिकारिक मानेको भएकाले हामीले पुनः २७५ जना केन्द्रीय सदस्यको हस्ताक्षरसहित आफूहरूले दाबी पेश गरेको स्रोतले जनाएको छ ।

दाहाल- नेपाल समुहले आयोगमा केपी ओलीलाई साधारणसदस्यसमेत नरहने गरी कारबाही गरेको र महासचिव विष्णू पौडेललाई पदबाट हटाएको जानकारीसमेत गराएका छन् ।

निर्वाचन आयोगमा आफ्नो आधिकारिकता पुनः पेश गर्दै दाहाल नेपालसमुहले निर्वाचन आयोगका पदाधिकारीसँग यसअघि १० पुसमै आफूहरूले बहुमत केन्द्रीय सदस्यको हस्ताक्षरसहितको बहुमत केन्द्रीय सदस्यको संख्या बुझाइसकेको अवगत गराएका छन् ।

ओली पक्षले पनि केन्द्रीय कमिटी विस्तार गरेको थियो । दुवै समूहले राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार त्यही विवरण अध्यावधिक गर्न आयोगलाई पत्र लेखेका थिए ।

तर आयोगले दुबै पक्षको आग्रह अस्वीकार गर्दै कानुनी रुपमा नेकपा एक रहेको जनाएको थियो ।

 

प्रकाशित मिति: Feb 2, 2021

प्रतिक्रिया दिनुहोस्