Logo
२६ जेष्ठ २०८२, आईतबार
(February 2, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संबैधानिक परिषदको बैठक स्थगित

file photo

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारका लागि बोलाएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ ।

प्रधानमन्त्री ओलीले आज (बुधबार)का लागि संवैधानिक परिषद्को बैठक बोलाएका थिए। आज बिहान ११ बजेका लागि बोलाएको बैठक साँझ ५ बजेका लागि सारिएको थियो। तर साँझ पनि बैठक नबस्ने भएको हो।

परिषद् सदस्य समेत रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले बैठक स्थगित भएको जानकारी दिएका छन् ।

उनले भने ‘भोलि बस्ने कुरा थियो। केही कारणले भोलि नबसेर अर्को दिन बस्ने हो कि भन्ने कुरा भैरहेको छ, र अर्को दिन बस्छ ।’

प्रधानमन्त्री ओलीले गत मंसिर ३० गते कायम रहेका सदस्य संख्याको बहुमतले निर्णय गर्न सक्ने गरि संवैधानिक परिषद् सम्बन्धि ऐनलाई अध्यादेश मार्फत् संशोधन गरेका थिए।

अध्यादेश सभामुख अग्नि सापकोटाले गैरसंवैधानिक भएको बताउँदै आएका छन्। उनी पछिल्ला संवैधानिक परिषद्को बैठकमा समेत सहभागि भएका छैनन्।

उक्त अध्यादेशविरुद्ध हाल सर्वोच्च अदालतमा मुद्दा चलिरहेको छ।संवैधानिक परिषद्मा प्रधानमन्त्रीसँगै, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधि सभाका उपसभामुख र प्रमुख प्रतिपक्षीदलका नेता सदस्य रहन्छन्। हाल प्रतिनिधि सभाको उपसभामुख पद रिक्त रहेको छ।

प्रकाशित मिति: Feb 2, 2021

प्रतिक्रिया दिनुहोस्