Logo
२८ जेष्ठ २०८२, मंगलबार
(February 2, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज दाहाल-नेपाल समूह आधिकारिकता दाबी गर्दै निर्वाचन आयोग जाँदै

नेकपाको दाहाल-नेपाल समूह आज आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा जाँदै छ ।

हिजो सोमबार बसेको दाहाल-नेपाल समूहको केन्द्रीय समितिको बैठकले आयोगमा आधिकारिकता दाबी गर्न जाने निर्णय गरेको थियो ।

सोही निर्णय अनुसार आज मध्याह्न निर्वाचन आयोगको कार्यालय जान लागेको नेकपा दाहाल-नेपाल समूहका एक नेताले जानकारी दिए ।

संसद् विघटनसँगै दुई खेमामा विभाजित नेकपाको दाहाल-नेपाल समूहले अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाएर माधवकुमार नेपाललाई चयन गरेको छ ।

ओली पक्षले पनि केन्द्रीय कमिटी विस्तार गरेको थियो ।नेकपा विभाजनपछि दुवै समूहले राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार त्यही विवरण अध्यावधिक गर्न आयोगलाई पत्र लेखेका थिए ।

तर निर्वाचन आयोगले दुबै पक्षको आग्रह अस्वीकार गर्दै कानुनीरुपमा नेकपा एक रहेको जनाएको थियो ।राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार आधिकारिता दाबी गर्ने निर्णय नेकपाको दाहाल-नेपाल समूहले गरेको छ ।

बहुमत केन्द्रीय सदस्यहरु आफूसँगै रहेको भन्दै दाहाल-नेपाल समूहले आफूहरुले नै आधिकारिकता पाउनुपर्ने दाबी गर्दै आएको छ ।

 

प्रकाशित मिति: Feb 2, 2021

प्रतिक्रिया दिनुहोस्