Logo
२१ जेष्ठ २०८२, मंगलबार
(February 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दाहाल-नेपाल समुहद्वारा निर्वाचन आयोगमा आधिकारिकता दावी गर्ने निर्णय

निर्वाचन आयोगमा आधिकारिकता दावी गर्ने नेकपा दाहाल-नेपाल समुहले निर्णय गरेको छ ।

आज सोमबार बबरमहलस्थित कार्की व्यांक्वेटमा बसेको चौथौं केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो।

यस्तै आजको बैठकले प्रधानमन्त्री केपी ओलीलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ भने  विष्णु पौडेललाई महासचिव पदबाट हटाउने निर्णयसमेत गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन्।

गएको माघ ११ गते पेरिसडाँडामा बसेको दाहाल नेपाल समूहको स्थायी कमिटी बैठकले ओलीलाई पार्टीको सदस्यबाट हटाउने निर्णय गरेको थियो।

दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ओलीलाई पार्टीको साधारण सदस्य र पौडेललाई महासचिवबाट हटाउन गरेको प्रस्ताव बैठकले पारित गरेको हो।

प्रकाशित मिति: Feb 1, 2021

प्रतिक्रिया दिनुहोस्