Logo
२६ जेष्ठ २०८२, आईतबार
(February 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रचण्डविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा दर्ता

नेकपा दाहाल-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ ।

अदालतको अवहेलना गरेको भन्दै नेकपा दाहाल-नेपाल अध्यक्ष प्रचण्डबिरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको हो ।

अधिवक्ता समिर हायुले प्रचण्डविरुद्ध मुद्दा दर्ता गराएका हुन् ।प्रचण्डले पटक-पटक अदालत र न्यायाधीशहरुलाई लक्षित गरि धम्कीपूर्ण अभिव्यक्ति दिएको निवेदकको दाबी छ ।

निवेदन आज दर्ता गरी भोलिको लागि पेसी तोकिएको छ ।यसअघि, प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानन्यायाधीशहरु विरुद्ध पनि अवहेलना मुद्दा दर्ता भएको थियो ।

उनीहरुलाई सर्वोच्चले लिखित जवाफ माग गरेको छ ।

 

प्रकाशित मिति: Feb 1, 2021

प्रतिक्रिया दिनुहोस्