संसद् विघटनविरुद्ध माइतीघरको धर्नामा प्रचण्ड र नेपाल सहभागी
प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटनविरुद्द नेकपा दाहाल नेपाल समुहको माइतीघरमा जारी धर्नामा प्रचण्ड र नेपाल पनि आज सहभागी भएका छन् ।
संसद् विघटनपछि नेकपा दुई चिरा बन्नुको साथै नेकपा दाहाल नेपालसमुहले त्यसको विरोधमा सडकमा आन्दोलन र धर्ना दिदै आएका छन् ।
माइतीघर धर्नामा नारायणकाजी श्रेष्ठ, अष्टलक्ष्मी शाक्य, पम्फा भुसाल लगायतका नेताहरु पनि सहभागी छन् ।
संसद विघटन असंवैधानिक भएको भन्दै दाहाल नेपाल समूहले यही माघ १४ गतेदेखि माइतीघरमा धर्ना दिँदै आएको छ ।
धर्नामा प्रतिनिधिसभा, राष्ट्रियसभा, प्रदेशसभा र संविधानसभाका सदस्यहरु सहभागी छन् ।