Logo
२७ जेष्ठ २०८२, सोमबार
(January 29, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपाका दुवै समुहलाई निर्वाचन आयोगले पुन: बैठक बोलाउने

नेकपाका दुवै समुहलाई निर्वाचन आयोगले पुनः बैठक बोलाउने भएको छ ।

शुक्रबार बोलाएको छलफलमा पुष्पकमल दाहाल-माधवकुमार नेपाल नेतृत्वको नेकपा सहभागी नभएपछि पुनः अर्को बैठक आयोगले आयोजना गर्ने भएको हो।

शुक्रबार दाहाल-नेपाल पक्षले अध्यक्षद्वय कार्यक्रमको सिलसिलामा उपत्यकाबाहिर रहेको र छलफलमा अध्यक्ष स्वयं उपस्थिति हुन चाहेको भए पनि १८ गतेसम्म उपस्थिति हुन नसक्ने औपचारिक पत्रसाथ जानकारी गराएको निर्वाचन आयोगले जानकारी दिएको छ । ।

आयोगले निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न सूचना प्रकाशन र आयोगले निर्वाचन तयारीको सम्बन्धमा हालसम्म गरेका कामको विषयमा छलफल गर्न भनी शुक्रबार नेकपाका दुवै समुहलाई उपस्थितिका लागि पत्र पठाइएको थियो ।

केपी शर्मा ओली पक्षबाट भने नेता सुवासचन्द्र नेम्वाङसहित नेपाल सरकारका मन्त्रीहरुको उपस्थितिमा निर्वाचन आयोगका प्रमुख आयुक्त तथा आयुक्तहरुसँग अनौपचारिक छलफल गरिएको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाबाट आयोगले निर्वाचनको तयारीको सम्बन्धमा हालसम्म गरेका प्रगतिको बारेमा जनकारी गराएका थिए ।

त्यस्तै निर्वाचन आयुक्त इश्वरीप्रसाद पौड्यालले तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न आयोगले तयारी गरेको तथा निर्वाचन सम्पन्न गर्न राजनीतिक दलबाट आयोगले सहयोगको अपेक्षा गरेको बताएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति: Jan 29, 2021

प्रतिक्रिया दिनुहोस्