निर्वाचन आयोगमा उपस्थित हुन थप समय माग्दै चिठी बुझाएर फर्किए दाहाल-नेपाल समुह
निर्वाचन आयोगलले छलफलमा सहभागी नभई नेकपा दाहाल-नेपाल पक्ष फर्किएको छ ।
निर्वाचन आयोगले निर्वाचन तयारी र दल दर्ता विषयमा छलफल गर्न बोलाएको दाहाल -नेपाल समुहका नेताहरूले अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल राजधानीबाहिर भएकाले छलफल सहभागी नहुने बताएका हुन्।
केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले प्रचण्ड-नेपाल बाहिर रहेका कारण प्रतिनिधि मनोनयन पनि गर्न नसकिएको चिठी निर्वाचन आयोगमा पठाएका छन्।
‘पार्टी अध्यक्ष माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्ड दुवै अध्यक्ष माघ १८ गतेसम्म उपत्यका बाहिरका राजनीतिक कार्यक्रममा व्यस्त रहनुभइ प्रतिनिधि मनोनयन गर्ने अवस्था नभएको र उक्त छलफलमा अध्यक्ष स्वयम् उपस्थित भइ छलफल गर्न चाहानुभएको हुँदा सो का लागि आज तोकिएको समयमा उपस्थित हुन सम्भव हुन नसकेको व्यहोरा अवगत गराउन चाहान्छुु,’ केन्द्रीय कार्यलयका कार्यालय सचिव श्रीराम ढकालले हस्ताक्षर गरेको पत्रमा भनिएको छ ।
दाहाल नेपाल पक्ष माघ १८ गतेसम्म उपत्यकाबाहिरका राजनीतिक कार्यक्रममा छन्।अध्यक्ष वा अध्यक्षले तोकेको प्रतिनिधि पठाउन आयोगले बिहीबार प्रचण्ड-नेपाल र प्रधानमन्त्री केपी ओली पक्षलाई भनेको थियो।
‘माघ १८ गतेपछि उपयुक्त मिति र समयमा छलफलको आयोजना गर्न हुन अध्यक्षज्यूको अनुरोध छ,’ ढकालले आयोगमा पठाएको पत्रमा छ।
सोही पत्र आयोगलाई बुझाएर नेताहरू राजेन्द्र पाण्डे र लीलामणि पोखरेलसहित नेताहरू फर्किएका हुन्।प्रधानमन्त्री ओली पक्ष आयोगमा छलफल गरिरहेको छ।
आज प्रचण्ड-नेपाल विराटनगरमा आयोजित विरोध सभामा छन्।