आज नेकपाका दुवै पक्षसँग निर्वाचन आयोगले छलफल गर्दै
निर्वाचन आयोगले आज छलफलका लागि नेकपाको दुबै समुहलाई बोलाएको छ ।
आज बिहान साढे ११ बजे दुवै समूहबाट पाँचरपाँच जनालाई छलफलका लागि बोलाएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिएका हुन् ।
आयोगले नेकपाका दुवै पक्षलाई छुट्टाछुट्टै पत्र लेखेर छलफलका लागि कार्यालयमा बोलाएको हो।आयोगले मतदाता नामावली र निर्वाचन केन्द्रका विषयमा छलफल गर्न आफूहरुलाई बोलाएको नेकपा दाहाल-नेपाल पक्षका एक नेताले बताएका छन् ।
अर्का ओली पक्षका नेता सुवास नेम्वाङले पनि निर्वाचन आयोगबाट छलफलका लागि बोलाइएको बताएका छन्।
आयोगले पठाएको पत्रमा मतदाता नामावली र निर्वाचन केन्द्रबारे छलफल गर्ने उल्लेख भए पनि नेकपाको आधिकारिकता सम्बन्धी विवादबारे पनि छलफल हुने बताइएको छ।