Logo
१५ चैत्र २०८०, बिहीबार
(January 27, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सर्वोच्चमा चार पूर्वप्रधानन्यायाधीशविरुद्ध अदालतको अवहेलना गरेको भन्दै रिट दर्ता

सर्वोच्चमा  चार पूर्वप्रधानन्यायाधीश विरुद्ध अदालतको अवहेलना गरेको भन्दै रिट निवेदन दर्ता भएको छ ।

संसद् विघटनलाई असंवैधानिक भनेर विज्ञप्ति निकाल्ने चारजना पूर्वप्रधानन्यायाधीशविरुद्ध अदालतको अवहेलना गरेको भन्दै सर्वोच्चमा रिट निवेदन दर्ता भएको हो ।

अधिवक्ता धनजित बस्नेतले उनीहरुमाथि अदालतको अवहेलना गरेको भन्दै रिट निवेदन दर्ता गरिएको छ ।

अदालतमा विचाराधीन मुद्दामा न्यायीक निरोपणको कार्यलाई प्रभाव पार्ने र अदालत प्रति जनताको विश्वास घटनाउने गरी विज्ञप्ति जारी गरिएको अधिवक्ता बस्नेतको आरोप छ ।

पुस २४ गते चार जना पूर्वप्रधानन्यायाधीशहरूले प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले पुस ५ गते गरेको प्रतिनिनिधसभा विघटनलाई असंवैधानिक भएको जनाएका थिए ।

उनीहरूले विज्ञप्ति जारी गर्नुअघि नै यो विषयमा सर्वोच्चको संवैधानिक इजलासमा यस विषयमा बहस चलिरहेको थियो ।

 

प्रकाशित मिति: Jan 27, 2021

प्रतिक्रिया दिनुहोस्