Logo
१५ बैशाख २०८१, शनिबार
(January 26, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज देशभर ३०३ जनामा कोरोना पुष्टि, ६ संक्रमितको मृत्यु

नेपालमा आज ३०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ९२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा ४ हजार ५७४ जनाको पिसिआर परीक्षण गर्दा ३०३ जनामा कोरोना पुष्टि भएको छ। योसँगै नेपालमा अहिलेसम्म पिसिआर परीक्षण हुनेको संख्या २० लाख ५२ हजार ६८७ पुगेको छ।

आज थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या २ हजार १७ पुगेको मन्त्रालयले जनाएको छ।

२४ घण्टामा २८५ जना संक्रमित संक्रमणमुक्त घर फर्किएका छन्। योसहित कोरोना भाइरस संक्रमणमुक्त हुनेको कुल संख्या दुई लाख ६४ हजार ८२३ पुगेको मन्त्रालयले जनाएको छ ।

जसमध्ये ३ हजार २५२ जना सक्रिय संक्रमित छन्। हाल १ सय २२ जना क्वारेन्टाइनमा छन्।

प्रकाशित मिति: Jan 26, 2021

प्रतिक्रिया दिनुहोस्