Logo
७ बैशाख २०८१, शुक्रबार
(January 25, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सप्तरीमा राष्ट्रिय भारत्तोलन प्रतियोगिता फागुनको अन्तिम सातादेखि हुने

स्व देवसुन्दर स्मृति प्रथम राष्ट्रिय भारत्तोलन प्रतियोगिता यही फागुनको अन्तिम सातादेखि राजविराजमा आयोजना हुने भएको छ ।

भारत्तोलन सङ्घ सप्तरीका अध्यक्ष महेशप्रसाद यादवका अनुसार प्रतियोगितामा सातवटै प्रदेश तथा सेना, सशस्त्र र नेपाल प्रहरीका तीनवटै विभागीय टिमका झण्डै १५० महिला तथा पुरुष खेलाडीको सहभागिता रहने गरी प्रतियोगिता हुने बताए ।

प्रतियोगिता भव्यरूपमा सम्पन्न गर्न प्रचारप्रसार, आर्थिक सङ्कलन, फिल्ड व्यवस्थापन, स्वागतलगायत विभिन्न उपसमितिसमेत गठन गरिएको सङ्घका सचिव गोपाल गुप्ताले जानकारी दिए ।

सप्तरीका पुराना भारत्तोलन खेलाडी एवं रेफ्री राजविराज-९ निवासी स्व देवसुन्दर यादवको स्मृति एवं सम्मानमा नेपाल भारत्तोलन सङ्घ सप्तरीले सो प्रतियोगिताको आयोजना गर्न लागेको हो ।

सप्तरीका चर्चित भारत्तोलन खेलाडी यादवको २०७६ कात्तिक १४ गते निधन भएको थियो ।

प्रकाशित मिति: Jan 25, 2021

प्रतिक्रिया दिनुहोस्