Logo
१५ चैत्र २०८०, बिहीबार
(January 24, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सांसद किनबेच गरेर सत्तामा बस्नु छैन् : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद किनबेच तथा तिकडम गरेर आफू सत्तामा बस्ने कुरा नगरेको बताएका छन् ।

उनले वैशाख १७ र २७ गते निर्वाचन हुने दोहोर्‍याउँदै देशविरोधी तत्वलाई परास्त गर्न आग्रह गरे ।

नेपाल नेत्रहीन संघले आइतवार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले बहुमतको सरकार तोडेर जोरजामको सरकार बनाएर स्थिरताको कुरा गर्नेहरू लोकतन्त्र विरोधी भएको बताए ।

‘प्रतिनिधिसभा विघटन भयो भनेर कराउने ती मान्छे संविधान, लोकतन्त्र, जनविरोधी मान्छेहरू हुन् । देशमा अस्तव्यस्तता खडा गर्ने, स्थायित्व र स्थिरता हुन नदिने, बहुमतको सरकार तोडेर जोडजामको सरकार बनाएर स्थिरताको कुरा गर्ने ? सांसदहरूले ५ वर्ष नै जागिर खानुपर्ने, यो स्थायी जागिर हो ?’ ओलीले भने, ‘अरुको लागि अरुको इशारामा काम गर्ने भएपछि, स्थिरता भत्काएर अस्थिरता निम्ताएपछि ताजा जनादेशमा जानुको विकल्प थिए ?’

३ वर्षको अवधिमा कुन सांसदले कस्तो काम गरे, त्यसको मूल्यांकन गर्ने समय आएको बताए ।

‘मैले आफ्नो हातमा शासन लिएको भए तानाशाही हुन्थ्यो, तपाईंहरूले फैसला गर्नुस् भन्दा तानाशाह भए ? किनबेच र तिकडम गरेर मै शासनमा बस्छु भनेको छैन । मेरो काम के भयो तपाईंहरूले मूल्यांकन गर्नुस् भनेको छु,’ ओलीले भने, ‘वैशाख १७ र २७ को निर्वाचनबाट देशको अहितमा काम गर्ने देशविरोधीलाई तह लगाउने बेला हो । अलमलमा नपर्नुस् चुनाव हुन्छ ।’

प्रकाशित मिति: Jan 24, 2021

प्रतिक्रिया दिनुहोस्