Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 22, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संवैधानिक इजलासमा राजपत्रमा प्रकाशित प्रतिनिधिसभा विघटनको सूचना पेश

सर्वोच्च अदालतको संवैधानिक इजलासमा राजपत्रमा प्रकाशित प्रतिनिधि सभा विघटनको सूचना पेश भएको छ । शुक्रबार बसेको सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनको सूचना पेश भएको हो ।

बिहीबार संसद विघटनको मुद्दामाथि बहसका क्रममा रिट निवेदकका वकिलले संसद विघटन सदर गरेको राजपत्रमा प्रकाशित नभएको भन्दै प्रश्न उठाएपछि इजलासले सूचना आज पेश गर्नू भनेको थियो।

त्यसैले आजको बैठकमा महान्यायाधीवक्ता अग्नि खरेलले इजलासमा सूचना पेश गरेका हुन्।अधिवक्ता ओमप्रकाश अर्याल र टीकाराम भट्टराईले बिहीबारको सुनुवाइका क्रममा विघटनको सदर गरेपछि राजपत्रमा प्रकाशित समेत नगरेको भन्द‌ै बहस गरेका थिए।

उनीहरूको बहस सुनेपछि संवैधानिक इजलासले महान्यायाधीवक्ता कार्यालयसँग राजपत्रमा प्रकाशित भएको सूचना भए उपलब्ध गराउन भनेको थियो।

प्रकाशन नभएपछि त्यो अनाधिकृत हो भन्ने कुराको थप प्रमाण हो भन्ने अर्यालको तर्क थियो।प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेकी थिइन्।

अहिले त्यहि संसद् विघटनविरुद्ध दायर भएका मुद्दामा सर्वोच्चमा निरन्तर सुनुवाई भइरहेको छ ।

प्रकाशित मिति: Jan 22, 2021

प्रतिक्रिया दिनुहोस्