Logo
७ बैशाख २०८१, शुक्रबार
(January 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज देशभर थप ३३६ जनामा कोरोना पुष्टि, ४ संक्रमितको मृत्यु

नेपालमा आज थप ३३६ जना कोरोना संक्रमित थपिएका छन् । २४ घण्टामा ५ हजार ३० जनाको पिसिआर परीक्षण गर्दा ३३६ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ६४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ३ हजार ७९९ जना सक्रिय संक्रमित छन्।

बिहीबार थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृतकको संख्या १ हजार ९ सय ७९पुगेको मन्त्रालयले जनाएको छ। आज २२६ जना कोरोना संक्रमितको उपचारपछि डिस्चार्ज भएका छन्।

योसँगै नेपालमा निको कोरोना संक्रमित हुनेको संख्या २ लाख ६२ हजार ८६८ पुगेको मन्त्रालयले जनाएको छ।

यस्तै, देशभर हाल १८४जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। १५० जना आइसियु र ३४ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

योसँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २० लाख ३१ हजार ७५६ पुगेको छ ।

प्रकाशित मिति: Jan 21, 2021

प्रतिक्रिया दिनुहोस्