Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 19, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओलीले भारतसँग मिलेर प्रतिनिधिसभा विघटन गरे : प्रचण्ड

विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीले भारतसँग मिलेर प्रतिनिधिसभा विघटन गरेको आरोप लगाएका छन् ।

आफूनिकट पत्रकार भेलालाई मंगलवार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले भारतको नाम नलिई भने- ‘हिजो जसको विरुद्ध राष्ट्रवाद देखाउनुभएको थियो, आज त्यहीसँग मिलेर प्रतिगमन गर्नुभयो । उहाँको राष्ट्रवाद खोक्रो साबित भयो ।’

अर्को प्रसंगमा प्रचण्डले ओलीले पूर्वएमालेलाई विश्वासमा लिन नसकेको तर अहिले आएर आफूले एमालेभित्र खेलेको आरोप लगाइरहेको बताए । केही समयअघिमात्र मिलेको प्रचण्डले कसरी पूर्व एमालेलाई विश्वासमा लिने अवस्था आयो भन्ने ओलीले सोच्नुपर्ने बताए ।

‘कठोर हुनुपर्‍यो भने म भित्तामा पुर्‍याउन पनि सक्छु। अहिले तयार पनि भएको छु। केपी ओलि,अब तपाईं सिद्धिनुभयो । अब उहाँको हातमा केही छैन। अब अन्तै छ। उहाँको समय धेरै छैन’, उनले भने ।

प्रकाशित मिति: Jan 19, 2021

प्रतिक्रिया दिनुहोस्