Logo
११ बैशाख २०८१, मंगलबार
(January 19, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

केपी ओली प्रतिगमनका प्रतीक हुन् : माधव नेपाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहका अध्यक्ष नेपालले प्रधानमन्त्री केपी शर्मा ओली प्रतिगमनको प्रतीक भएको बताएका छन्।

मंगलबार राजधानको प्रज्ञा प्रतिष्ठानमा आयोजित प्रेस संगठनको भेलामा सम्बोधन गर्दै उनले ओलीले संघीयतालाई पनि मन नपराउने बताए। ‘केपी ओली प्रतिगमनका प्रतीक हुन्। अग्रगमनका होइनन्। सबैतिर उनको एकलवाद, व्यक्तिवाद, अहंकार, दम्भ, आइ एम द स्टेट, आइ एम द पार्टी हाबी छ। उनी आफूलाई पार्टीभन्दा माथि ठान्छन्। उनी आफूलाई संविधानभन्दा माथि ठान्छन्। त्यसैले असंवैधानिक र गलत कदम उठाउने गरेका छन्’, उनले भने।

ओली पहिल्यैदेखि गणतन्त्र विरोधी भएको नेता नेपालले आरोप लगाए। ‘ओलीले पार्टीको बैठकमै गणतन्त्र आउन सक्दैन भन्नुभयो’, ओलीलाई उद्धृत गर्दै नेता नेपालले भने, ‘यसको विपक्षमा छु। मेरो फरक मत रहन्छ।’

प्रकाशित मिति: Jan 19, 2021

प्रतिक्रिया दिनुहोस्