Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 16, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ज्ञवालीको भारत भ्रमण : सीमा समस्या र कोरोनाविरुद्धको भ्याक्सिनबारे छलफल-सम्झदारी

भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मुख्यत सीमा समस्या र कोरोना भाइरसविरुद्धको भ्याक्सिनबारे छलफल तथा सम्झदारी गरेका छन् ।

साथै परराष्ट्रमन्त्री ज्ञवालीले पेट्रोलियम पाइपलाइन विस्तार, रेलमार्ग विस्तार, ऊर्जा लगायतका विषयमा पनि महत्वपूर्ण कुराकानी र सम्झदारी गरेका छन् ।

तीन दिवसीय भारत भ्रमण पूरा गरी आज स्वदेश फर्कदैछन् । ज्ञवालीले शुक्रबार भारतका विदेशमन्त्री एस जयशंकरसँग एक्ला एक्लै भेटवार्ता गरे ।

यो भेट उनको भ्रमणको सबैभन्दा महत्वपूर्ण क्षण बन्यो । एक्ला एक्लै भेटमा ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट सीमा, ऊर्जालगायतका विषयमा कुराकानी गरेको बुझिएको छ ।

दुई देशको सयुक्त आयोगको बैठक पनि शुक्रबार नै बस्यो । दुवै देशका परराष्ट्रमन्त्री, सचिवलगायतका उच्च अधिकारी बसेर ऊर्जा, सीमा व्यवस्थापन, कनेक्टिभिटी लगायतका विषयमा छलफल गरेका थिए ।

भारतमा उत्पादित कोरोना भाइरसको भ्याक्सिन नेपाल ल्याउनेबारे पनि छलफल भएको थियो ।

नेपाल भारतबीचको संयुक्त विज्ञप्तिमा कनेक्टिभिटी, आर्थिक, व्यापार, ऊर्जा, तेल र ग्याँस, जलस्रोत, राजनीतिक र सुरक्षाको मामलामा कुराकानी भएको उल्लेख छ । पर्यटन, संस्कृति, शिक्षा र क्षमता अभिवृद्धिमा पनि कुराकानी भएको छ ।

नेपालले भारतलाई कोभिशिल्ड र कोभ्याक्सिनको उत्पादनका लागि बधाई दिदै नेपाललाई प्राथमिकतामा राखेर भ्याक्सिन दिन आग्रह गरेको छ ।

अन्तरसीमा रेल्वे, ब्रोड गजको रेल्वेको विकासबारे पनि कुराकानी भएको छ । परराष्ट्रमन्त्री ज्ञवालीले भारतका रक्षामन्त्री राजनाथ सिंहसँग शनिबार विहान भेटवार्ता गरेका छन् ।

सिंहले नेपाल र भारतबीचको सम्बन्ध राजनीति मात्र नभई जनताबीचको पनि भएको बताएका थिए ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग परराष्ट्रमन्त्री ज्ञवालीको भ्रमणको पहल भएपनि हुन सकेन । उनले मोदीलाई भेटी प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देश सिधै भन्न प्रयास गरेका थिए ।

सीमा समस्या समाधानका लागि नेपाली पक्षले कुरा राखेपनि भारतले वृस्तृत रुपमा छलफल गर्न चाहेन । भारतले प्राविधिक काम सकिएपछि भविष्यमा त्यसबारे कुरा गर्न सकिने जवाफ दियो ।

तर, कोरोना भाइरसविरुद्धको भ्याक्सिन ल्याउनेबारे महत्वपूर्ण उपलब्धि भएको छ । भारतले नेपाललाई प्राथमिकतामा राखेर भ्याक्सिन दिने प्रतिवद्धता जनाएको छ ।

प्रकाशित मिति: Jan 16, 2021

प्रतिक्रिया दिनुहोस्