Logo
७ बैशाख २०८१, शुक्रबार
(January 13, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओलीलाई अधिकारसम्पन्न ठाउँमा पुर्याउनु हाम्रो गल्ती भयो : झलनाथ खनाल

नेपाल कम्युनिस्ट पार्टीको दाहाल-नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अधिकारसम्पन्न ठाउँमा पुर्याउनु गल्ती भएको बताएका छन् ।

खनाललेआज एक अन्तरवार्ता  माहामीहरुसँग सबै ठाउमा बहुमत छ त्यसैले हाम्रो पाटीले नै आधिकारिकता पाउने दावी गरेका छन् । उनले भने हामीले दुई पार्टी एक गर्दा पार्टी तथा सरकार आलो पालो चलाउने सर्त गरेका थियौँ, पार्टीबाट छुटेर गएको एउटा गुट आधिकारिक हुनै सक्दैन।

प्रधानमन्त्री ओलीले देशको संविधानमाथि खेलवाड गरेको खनालको आरोप छ ।बरिष्ठ नेता खनालले कुनै पनि कमिटिको बैठकमा पहिलो दोस्रो अध्यक्ष नभएको बताए ।

हरेक ठाउँमा दुईटा अध्यक्षको हस्ताक्षर चल्ने गरेको बताउदै केन्द्रिय कमिटिको निणर्यले जुन सुकै पदबाट जस्लाई पनि हटाउन मिल्ने खनालले जिकीर गरे ।

खनालले निर्वाचन आयोग संवैधानिक आयोग भएकाले संबिधान अनुसार चल्नु पर्ने बताए ।खनालले बैशाखमा चुनाव नहुने दावी गर्दै प्रतिनिधि सभा विघटन गर्नु संविधान र जनतामाथिको ठाडो आक्रमण भएको बताए ।

सर्वोच्च अदालतले संविधानको सहि ब्याख्या गर्ने विश्वास व्यक्त गर्दै उनले आफूहरुले मुद्दा जित्ने सय प्रतिशत नै सम्भावना भएको दावी गरे ।खनालले प्रधानमन्त्री ओली असक्षम प्रधानमन्त्री भएको टिप्पणी गरे ।रिपोर्टर्स नेपाल

 

प्रकाशित मिति: Jan 13, 2021

प्रतिक्रिया दिनुहोस्