Logo
८ बैशाख २०८१, शनिबार
(January 13, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कमलपोखरीको निर्माणकार्य रोक्न नगर प्रमुखलाई गगन थापाको पत्र

कांंग्रेसका नेता गगन कुमार थापाले कमल पोखरीको निर्माण कार्य तत्कालका लागि रोक्न काठमाडौं महानगरपालिकाका प्रमुखलाई पत्र लेखेका छन् ।

कमलपोखरीको स्वरूप परिवर्तन गरेर प्राकृतिक सिमसारको स्वरूप समेत नासिने गरी पोखरी निर्माण गर्न लागेको भन्दै विरोध भइरहेको बेला सोही क्षेत्रबाट निर्वाचित प्रतिनिधि सभा सांसद समेत रहेका थापाले पनि निर्माण रोक्न नगरप्रमुख विद्यासुन्दर शाक्यलाई पत्र लेखेका हुन् ।

पोखरीको प्राकृतिक सिमसार स्वरुपनै नष्ट हुने गरी कमलपोखरीको चारैतिर कंक्रिट संरचना निर्माण गर्ने र वास्तविक पोखरीलाई साँघुरो बनाउने निर्माण भइरहेकोले सम्पदा संरक्षण अभियन्ता, स्थानीयवासी लगायतले विरोध गरिरहेका छन् ।

साथै उनले अहिले निर्माण भएको कमल पोखरीको डिजाइन् पनि उपलब्ध गराउन अनुरोध गरेका छन् । काठमाडौं महानगरपालिकाले करिब २४ रोपनीको कमलपोखरीलाई ‘सुन्दर बनाउने’ पहल स्वरूप २०७६ असारबाट पोखरी निर्माणको काम सुरु गरेको थियो ।

 

प्रकाशित मिति: Jan 13, 2021

प्रतिक्रिया दिनुहोस्