Logo
१५ चैत्र २०८०, बिहीबार
(January 13, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश २ प्रमुख परियारद्वारा थप दुई विधेयक प्रमाणीकरण

प्रदेश नं २ का प्रदेश प्रमुख तिलक परियारले थप दुई वटा विधेयक प्रमाणीकरण गरेका छन् ।

प्रदेश उद्योग व्यवस्थापनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र बालबालिकाको हक-अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको दुवै विधेयक बुधबार एकैपटक प्रमाणीकरण भएको छ ।

नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रदेश प्रमुखले दुवै विधेयक प्रमाणीकरण गरेको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।

यो दुवै विधेयक केही महिनाअघि प्रदेश सभाबाट पारित भएर प्रमाणीकरणका लागि प्रदेश प्रमुखको कार्यालयमा पठाइएको थियो ।

प्रदेश प्रमुखका रुपमा परियार आएपछि उनले यी दुईसहित १६ वटा विधेयक प्रमाणीकरण गरेका छन् । योसँगै प्रदेशमा प्रमाणीकरण हुने विधेयकको संख्या ३८ पुगेको छ ।

प्रकाशित मिति: Jan 13, 2021

प्रतिक्रिया दिनुहोस्