Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 13, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१० केजि गाँजासहित एक दाम्पत्ती पक्राउ

प्रदेश नं २ स्थित सर्लाहीमा लागुऔषध गाँजासहित एक दम्पतीलाई पक्राउ गरेको छ ।

सर्लाही प्रहरीले १० किलो लागुऔषध गाँजासहित श्रीमान श्रीमती पक्राउ गरेको हो । पक्राउ पर्नेमा महोत्तरीको गौशाला नगरपालिका ३ बस्ने ५० वर्षीय नवलकिशोर साह र उनकी पत्नी ४० वर्षीया उर्मिला देवी साह छन् ।

ज.११प ७९७१ नम्बरको मोटरसाइकलमा सबार साह दम्पतीलाई ईश्वरपुर नगरपालिका-१३ स्थित रेल्वे फाँटको बाटोबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाही प्रहरीले जानकारी दिएको छ । कुँवरले जानकारी दिए ।

मोटरसाइकललाई रोकेर चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट १० किलो गाँजा बरामद भएपछि नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको सर्लाही प्रहरीले बताएको छ ।

 

प्रकाशित मिति: Jan 13, 2021

प्रतिक्रिया दिनुहोस्