Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 13, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संवैधानिक इजलासमा कार्कीको ठाउँमा न्यायाधीश सपना प्रधान मल्ल

संसद् विघटनविरुद्ध परेका मुद्दाको सुनुवाइका लागि गठित संवैधानिक इजलासमा कार्कीको ठाउँमा न्यायाधीश सपना प्रधान मल्ललाई राखिएको छ ।

न्यायाधीश कार्कीले इजलासमा नबस्ने भएपछि मल्ललाई राखिएको हो । मल्ल संविधानसभामा तत्कालीन एमालेबाट समानुपातिक सभासद पनि भएकी थिइन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराले गठन गरेको इजलासमा यस अघि न्यायाधीश हरिकृष्ण कार्कीलाई राखिएको थियो ।

सर्वोच्चमा बुधबारदेखि संसद विघटनविरुद्ध परेका रिटको सुनुवाई सुरु हुँदैछ ।प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदक १३ मध्ये ११ जनाले बृहत् पूर्णइजलासमा सुनुवाइको माग गर्दै यही पुस २२ गते पूरक निवेदन दिएका थिए । तर त्यसलाई पनि प्रधानन्यायाधीश जबराले अस्वीकार गरेर संवैधानिक इजलास नै गठन गरेका छन् ।

संसद विघटन असंवैधानिक भएको भन्दै परेका रिटहरुमाथि सुनुवाइ गर्न प्रधानन्यायाधीश जबराले आफूसहित न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी रहेको इजलास गठन गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा कानूनी सल्लाहकार रहेको भन्दै संवैधानिक इजलासमा उनको सहभागितामाथि अधिवक्ताहरुले प्रश्न उठाएपछि न्यायाधीश कार्की संवैधानिक इजलासमा नबस्ने घोषणा गरेका थिए।

उनको ठाउँमा न्यायाधीश प्रधानलाई ल्याएसँगै अब प्रधानन्यायाधीश जबरासहित न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी सम्मिलित इजलासमा सुनुवाई हुने तय भएको हो।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस ५ गते संसद विघटन गरेकी थिइन् ।संवैधानिक इजलासमा न्यायाधीश सपना प्रधान मल्लको आगमन पनि विवादरहित हुने सम्भावना छैन ।

 

प्रकाशित मिति: Jan 13, 2021

प्रतिक्रिया दिनुहोस्