Logo
१२ बैशाख २०८१, बुधबार
(January 13, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लोक सेवा आयोगले खुल्लायो नायब सुब्बाको लागि विज्ञापन

लोक सेवा आयोगले नायब सुब्बा पदमा ८४३ जनाका लागि विज्ञापन आह्वान गरेको छ ।

आयोगले वार्षिक कार्यतालिका अनुसार आज बुधवार सूचना प्रकाशित गर्दै राजपत्र अनङ्कित प्रथम श्रेणी (अप्राविधिक)तर्फ नायब सुब्बाको विज्ञापन आह्वान गरेको हो ।

खुल्लाबाट ४११ र ज्येष्ठता र कार्यक्षमता मूल्यांकन बढुवाबाट ४३२ जना पदपूर्ति गर्ने गरी लोक सेवाआयोगले विज्ञापन प्रकाशित गरेको छ ।

परीक्षा केन्द्र आयोगको केन्द्रीय कार्यालय बाहेक आयोगका सबै कार्यालयहरू तथा जलेश्वर कार्यालयबाट विज्ञापन हुने पदका लागि सिरहाको लाहान र पर्साको वीरगन्जबाट पनि परीक्षा दिन सकिने छ ।

यस्तै सुर्खेतबाट विज्ञापन हुने पदका लागि डोल्पा र हुम्ला जिल्लाबाट पनि परीक्षा दिन सकिने आयोगले जनाएको छ ।
दरखास्त बुझाउने अन्तिम मिति माघ २० गतेसम्म र दोब्बर दस्तुर तिरी माघ २७ गतेसम्म रहेको छ । दरखास्त अनलाइनमार्फत बुझाउन सकिने छ ।

दरखास्त दस्तुर प्रत्येक समूहका लागि ४०० सय र थप समूहका लागि २०० थप दस्तुर बुझाउनु पर्ने छ । परीक्षा दस्तुर राष्ट्रिय वाणिज्य बैङ्क, ग्लोबल आइएमई बैङ्क, एनआइसी एसिया बैङ्क र कुमारी बैङ्कबाट बुझाउन सकिने छ ।

थप जानकारीका लागि हेर्नुहोस् विज्ञापन :

 

प्रकाशित मिति: Jan 13, 2021

प्रतिक्रिया दिनुहोस्