Logo
७ बैशाख २०८१, शुक्रबार
(January 13, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसद् विघटनविरुद्धको रिटमा आज सुनुवाई हुदैँ

संंसद् विघटनविरुद्ध सर्वोच्चमा परेका मुद्दाको संवैधानिक इजलासमा आज सुनुवाई हुँदै छ ।

प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा पाँचजना न्यायाधिश रहेको संबैधानिक इजलासमा आज तेश्रो पटक सुनुवाइ हुन लागेको हो ।

गत पुष २२ गते कानुन व्यवसायीहरुले न्यायाधिशमाथि स्वार्थ बाझिने भन्दै इजलासमाथि नै प्रश्न उठाएपछी न्यायाधिश हरिकृष्ण कार्कीले यस मुद्दामा आफु नबस्ने निर्णय गरेका थिए ।

संसद् विघटनबिरुद्धका मुद्दा संवैधानिक इजलासले नै टुंगो लगाउने वा बृहत पुर्ण इजलास गठन गर्ने भन्नेमा अन्यौल छ ।

मुद्दाको सुनुवाई बृहत पूर्ण इजलासबाट हुनुपर्ने मागसहित रिट निवेदकहरुले याचिका दर्ता गराएका छन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद् विघटन गरेपछि सबोच्चमा एक दर्जन भन्दा बढी मुद्दा परेका थिए ।

प्रकाशित मिति: Jan 13, 2021

प्रतिक्रिया दिनुहोस्