Logo
७ बैशाख २०८१, शुक्रबार
(January 11, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मेडिटेरेनियन डाइट लगातार चौथो बर्ष पनि उत्कृष्ट, जान्नुहोस् यसका फाइदाहरु !

मेडिटेरेनियन डाइट भनेको एक प्लान्ट बेस्ड डाइट हो जसमा फलफूल, सागसब्जी, गेडागुडी, दाल र ओलिभ ओयलजस्ता खानेकुरा समावेश हुन्छन् ।

यसबाहेक यसमा माछा र कुखुराको मासु र अण्डा पनि समावेश हुन्छ । यसमा ताजा आहारमा जोड दिइन्छ । विशेषज्ञका दाबी अनुसार यो डाइटलाई नियमित अनुसरण गर्नेहरुको स्वास्थ्य निकै राम्रो हुन्छ ।

मेडिटेरेनियन डाइटले लगातार चौथो बर्ष पनि उत्कृष्ट डाइटको अवार्ड हातमा पारेको छ । मेडिटेरेनियन डाइटलाई सन् २०२१ को उत्कृष्ट डाइटको अवार्ड पनि दिइएको छ ।

यूएन न्यूज एण्ड वर्ल्ड रिपोर्टका अनुसार मेडिटेरेनियन डाइट लगातार चौथो वर्ष संसारको उत्कृष्ट डाइट बनेको छ । आज हामी तपाइलाई मेडिटेरेनियन डाइटका फाइदाबारे जानकारी दिन गइरहेका छौ ।

मेडिटेरेनियन डाइटका फाइदा

1.आन्द्रालाई फाइदा-

थुप्रै अनुसन्धानमा यो पुष्टि भइसकेको छ कि मेडिटेरेनियन डाइट हाम्रो आन्द्राका लागि पनि निकै राम्रो हुन्छ । मेडिटेरेनियन डाइटमा भएका एन्टी इन्फ्लेमेटरी गुणले आन्द्रालाई फाइदा पुर्याउने ब्याक्टेरियाको वृद्धि गर्न मद्दत गर्छ ।

2. मुटुको स्वास्थ्यका लागि फाइदा-

अमेरिकन हार्ट असोसिएशन ९एडीए० को रिपोर्ट अनुसार मेडिटेरेनियन डाइट हाम्रो मुटुको स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ र यसमा मुटुजन्य रोगको खतरा पनि कम हुन्छ । अर्थात् उच्च रक्तचाप र मुटु सम्बन्धि अन्य रोगको खतरा कम हुन्छ ।

3.मानसिक स्वास्थ्यका लागि फाइदाजनक-

फलफूल, सागसब्जी, ओखर बदामजस्ता खानेकुराले हाम्रो दिमागको क्रियाकलापलाई पनि दुरुस्त राख्न भन्ने थाहा छ रु जर्नल न्यूरोलोजीमा प्रकाशित एक रिपोर्ट अनुसार यसले कग्निटिव डिक्लाइन प्रोसेसलाई स्लो बनाएर एक जवान मस्तिष्क प्रदान गर्न मद्दत गर्छ ।

4 .डाइबिटिज कन्ट्रोलरका लागि फाइदाजनक-

जर्नल डायबिटिजमा प्रकाशित एक रिपोर्टका अनुसार मेडिटेरेनियन डाइट टाइप टु डायबिटिजका बिरामीलाई पनि निकै फाइदाजनक छ । मेडिटेरेनियन डाइटमा भएका एन्टी अक्सिडेन्ट, भिटामिन र अनस्याचुरेटेड फ्याटी एसिडले नेरोवस्क्युलर हेल्थलाई सुधारेर अक्सिडेटिभ स्ट्रेस, मेटाबोलाइट्स र क्रोनिक इन्फ्लेमेशनको खतरा कम गर्छ ।

5.  स्तन क्यान्सरको जोखिम-

हालको समयमा स्तन क्यान्सर महिलाका लागि ठूलो चिन्ताको विषय हो । जामा इन्टरनल मेडिसिनमा प्रकाशित एक रिपोर्टमा दाबी गरिए अनुसार मेडिटेरेनियन डाइटले स्तन क्यान्सरको खतरालाई कम गर्न निकै प्रभावकारी भूमिका निर्वाह गर्छ ।

#मेडिटेरियन डाइटसँगै खान नहुने खानेकुराहरु

मेडिटेरियन डाइटमा केही खानेकुराहरु खानै हुँदैन । यसमा गुलियो खाने कुरा खान मनाही छ । मद्यपानको सेवन गर्नु हुँदैन वा डाक्टरको सल्लाहमा गर्नुपर्छ । शरीरलाई पर्याप्त निद्रा र आराम दिइन्छ । साथै दैनिक वर्कआउटमा पनि फोकस गरिन्छ ।एजेन्सी

 

 

प्रकाशित मिति: Jan 11, 2021

प्रतिक्रिया दिनुहोस्