Logo
२ श्रावण २०८२, बिहीबार
(January 10, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीले सम्बोधन गरेपछि राष्ट्रियसभाको अधिवेशन आजै अन्त्य हुने

राष्ट्रिय सभाको सातौँ अधिवेशन आज अन्त्य हुने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आजको बैठकमा सम्बोधन गरेपछि अन्त्यको घोषणा हुने भएको हो ।प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेपछि अधिवेशन अन्त्य गर्ने तयारी सरकारले गरेको हो ।

सरकारले अधिवेशन अन्त्यको सिफारिशको निर्णय मन्त्रिपरिषद् बैठकबाट गरिसकेको छ ।  प्रधानमन्त्री निवासमा आजै बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको स्रोतले जनाएको छ ।

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले आज बसेको कार्यव्यवस्था परामर्श समिति बैठकमा राष्ट्रियसभा बैठक आजै अन्त्य हुनेबारे संकेत गरेका हुन् ।

केही दिनमात्र चलेको राष्ट्रियसभा बैठक अन्त्य गरिनुलाई अर्थपूर्ण मानिएको छ ।

 

 

 

प्रकाशित मिति: Jan 10, 2021

प्रतिक्रिया दिनुहोस्