Logo
१ श्रावण २०८२, बुधबार
(January 10, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसद् विघटन मुद्दामा अदालतलाई दबाब नदिई स्वतन्त्रतापूर्वक काम गर्न दिनुपर्छ : कमल थापा

राप्रपाका अध्यक्ष कमल थापाले प्रतिनिधिसभा विघटनसम्बन्धी विचाराधीन मुद्दामा सर्वोच्च अदालतलाई दबाब नदिई स्वतन्त्रतापूर्वक काम गर्न दिनुपर्ने धारणा राखेका छन् ।

थापाले आज आइतबार पोखरामा पत्रकारहरूसँगको छलफलमा उक्त धारणा व्यक्त गरेका हुन् । अध्यक्ष थापाले सर्वोच्चको फैसला नआउँदासम्म दबाब दिन नहुने बताएका छन् ।

थापाले भने, ‘संविधानमाथि नै गलत भइरहेको अवस्थामा अहिले मौन बस्नुको विकल्प छैन, सर्वोच्चमा विचाराधीन मुद्दा छ, हामी बोल्नुको कुनै अर्थ छैन । यस्तो बेला सर्वोच्चलाई काम गर्न दिने हो, बोलेर दबाब दिने होइन ।’

साथै थापाले ओली सरकार असफल भएको अवस्थामा सरकारबाट मुक्ति पाउन पनि साझा जनादेशमा जानुपर्ने जरुरी भएको दाबी गरे ।

थापाले वैशाखमा चुनाव हुनसक्ने सम्भावना रहेको भन्दै जनताको अभिमतबाटै हिन्दु राष्ट्र फर्किने दाबी समेत गरे ।

 

प्रकाशित मिति: Jan 10, 2021

प्रतिक्रिया दिनुहोस्