प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमालले दिए रबिन्द्र मिश्रलाई धम्की
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले विवेकशी साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई धम्काएका छन् ।
प्रधानमन्त्री ओलीको आलोचना गरेको भन्दै रिमालले सामाजिक सञ्जाल ट्वीटरमा मिश्रले गरेको ट्वीटमा कमेन्ट गर्दै सीमामा बस्नुस् भनेर धम्काएका हुन् ।
शनिबार साँझ मिश्रले समसामयिक राजनीतिक घटनाक्रमबारे ट्वीट गरेका थिए। उनले लेखेका थिए ‘कस्तो समय आयो१ पूर्वप्रधानन्यायाधीशहरूले विचाराधीन मुद्दामा बोल्नु पर्ने। प्रधानमन्त्रीरराष्ट्रपतिले संविधान खुल्लमखुल्ला कुल्चिने। काण्डैकाण्ड गर्ने प्रधानमन्त्रीको भाषण सुन्न हजारौं जम्मा हुने। महाभ्रष्ट नेताले भ्रष्टाचार विरुद्ध र्याली आह्वान गर्दा हजारौं सरिक हुने। अब अति भो !
मिश्रको यो ट्विटमा कमेन्ट गर्दै प्रधानमन्त्रीका सल्लाहकार रिमालले लेखेका छन्- सीमामा बस्नुस् रवीन्द्र जी! तपाईंको यो ट्वीट टिप्पणी गर्न पनि उपयुक्त छैन। यतिचाहिँ भनूँ- मर्यादा नाघ्ने जोसुकै जतिसुकै सेलिब्रिटी भए पनि त्यससँग समयले जवाफ माग्ने छ।
मिश्रले रिमालको ट्वीट कोट गर्दै जवाफ लेखेका छन्- प्रिय@BishnuRimal जी, देशको प्रधानमन्त्रीका प्रमुख सल्लाहकारले आमरूपमा र देशका विशिष्ट व्यक्तित्वहरूले गरिरहेको टिप्पणीलाई नै दोहोर्याउँदा ‘सीमामा बस्नुस्’ भनेर धम्कीपूर्ण भाषा प्रयोग गर्नु उपयुक्त हुँदैन थियो। विमति जनाउनुभएको भए भइहाल्थ्यो। सानो सुझावमात्र।