Logo
२९ असार २०८२, आईतबार
(January 10, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री ओलीले आज राष्ट्रिय सभामा सम्बोधन गर्ने

आज प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभाको बैठकमा सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्री ओलीले आज दिउँसो १ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा सम्बोधन गर्ने कार्यक्रम रहेको राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए।

प्रधानमनत्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीले समसामयिक पछिल्लो राजनीतिक परिस्थितीबारे बैठकमार्फत सम्बोधन गर्ने तयारी रहेको छ ।

बैठकमा प्रधानमन्त्रीले थारू आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूचीसमेत रहेको संसद सचिवालयले जनाएको छ।

यस्तै विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले ‘विधायन व्यवस्थापन समिति’को वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्नेछन्।

प्रकाशित मिति: Jan 10, 2021

प्रतिक्रिया दिनुहोस्