Logo
१३ बैशाख २०८१, बिहीबार
(January 10, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्वधर्म संस्कृति संरक्षण एवं हिन्दुत्व जागरणका लागि इनरुवामा मोटरसाईकल र्‍याली

प्रदेश १ स्थित विश्व हिन्दू परिषद नेपाल नगर कार्य समिति, इनरुवाले बृहत मोटरसाईकल र्‍याली निकालिएको छ । स्वधर्म संस्कृति संरक्षण एवं हिन्दुत्व जागरण हेतु आयोजित उक्त र्यालीमा परिषदका स्थानीय कार्यकर्ता एवं स्थानीयबासीको समेत उत्साहजनक उपस्थिति रहेको थियो ।

र्‍याली इनरुवा स्थित लक्ष्मी नारायण मन्दिरबाट शुरु भई नगर परिक्रमा गर्दै श्री राम मन्दिरमा गई कोण सभामा परिणत भएको थियो । र्‍यालीमा ‘हिन्दू राष्ट्र कायम गर, गौहत्या बन्द गर, धर्मान्तरण बन्द गर, हिन्दू हिन्दू भाई-भाई, जय श्री राम, जय जय श्री राम’ जस्ता नारा लगाईएको थियो ।

कोण सभामा सहभागी वक्ताहरुले हिन्दू राष्ट्रको पक्षमा जनाधार तयार हुदै गएकोले हिन्दू राष्ट्र स्थापना निश्चित रहेको जोड दिएका थिए ।

विश्व हिन्दू परिषद नेपाल स्थापना कालदेखि नै स्वधर्म संस्कृति संरक्षण एवं राष्ट्र हीतमा कार्यरत संगठन भएकोले आगामी दिनहरुमा समेत स्वधर्म संस्कृति संरक्षण एवं हिन्दुत्व जागरण हेतु प्रयासरत रही रहने परिषदका नगर अध्यक्ष विजय सोनीले बताए ।

प्रकाशित मिति: Jan 10, 2021

प्रतिक्रिया दिनुहोस्