Logo
२० बैशाख २०८१, बिहीबार
(January 8, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज देशभर ५५४ नयाँ कोरोना संक्रमित थपिए, ६ जनाको मृत्यु

नेपालमा आज ५५४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । २४ घन्टा भित्रमा ५ हजार २६९ पीसीआर परीक्षण गरिएकोमा ५५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ ला ६४ हजार १५९ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज शुक्रबार ५८५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै अहिलेसम्म नेपालमा कोरोना निको हुनेको कुल संख्या २ लाख ५७ हजार २२९ पुगे स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख रहेको छ ।

त्यस्तै आज थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९ सय ९ पुगेको मन्त्रालयले जनाएको छ ।

नेपालभरी हाल ५ हजार २१ जना सक्रिय कोरोना संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: Jan 8, 2021

प्रतिक्रिया दिनुहोस्