Logo
१३ बैशाख २०८१, बिहीबार
(January 8, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

छालाको सुरक्षाको लागि जाडोमा नरिवलको तेललाई यी ७ तरिकामा प्रयोग गर्नुहोस्

अहिलेको मौसम भनेको चिसो हुने बेला हो । काठमाडौं देखि देशभरीनै चिसो बढेको छ । अहिले मानिसलाई धेरै जाडो भएको छ ।

काठमाडौमा जाडोसँगै वायु प्रदुषण पनि बढेको छ साथै काठमाडौंबाहिरका मुख्य सहरमा पनि वायु प्रदुषण बढीरहेको छ ।

यस्तो अवस्थामा हामीले आफ्नो स्वास्थ्यको ख्याल गर्नु पर्छ । जाडोसँगै वायु प्रदुषण हुदाँ मानिसको स्वास्थ्यमा धेरै नकरात्मक असर पर्ने गर्छ विशेष गरेर यसको जोखिममा जेष्ठ नागरिक र बालबच्चामा नै देखिने देखिएको छ त्यसैले अनावश्यक रुपामा घरबाट बाहिर नजानु नै राम्रो मानिन्छ ।

यदि हिड्नु नै छ भन्यो भने पनि माक्सको प्रयोग गर्नु हुन विशेष अनुरोध गछौ्रँ । यस्तो मौसम हुदा हाम्रो छालामा पनि धेरै प्रकारका समस्या आउने गर्छ र हामीले पनि छालाको विशेष सुरक्षा गर्नु पर्छ । यो मौसममा खानादेखि छाला र कपालसम्मको विशेष हेरविचार गर्नुपर्छ ।

आज हामी तपाइलाई आफ्नो छाला तथा कपालसम्म विशेष हेरचाह गर्नको लागि नरिवलको फाइदाबारे जानकारी दिन गइरहेका छौ ।

नरिवलको तेलको फाइदाबारे थाहा पाउनु भयो भने जाडोयाममा तपाईंले यसको प्रयोग पक्कै गर्नु हुनेछ । यो आफ्नो हाई फ्याटी एसिड र एन्टिब्याक्टेरियल गुणका कारण छाला र कपाललाई प्राकृतिक रुपमा नरम बनाउन सहयोग गर्छ ।

यति मात्रै होइन, घुम्रिएको कपाललाई सिधा बनाउन, मेकअप रिमुभ गर्नेजस्ता धेरै ब्युटी ह्याक्समा पनि प्रयोग गर्न सकिन्छ ।

आजकाल बजारमा नरिवलको तेलका पनि विभिन्न विकल्प पाइने गरिएको छ । तर नरिवलको तेल खरिद गर्ने बेला तपाईंले सिसाको लेभललाई पक्कै पढ्नुपर्छ र यसमा भर्जिन कोकोनट ओयलको मात्रा कति छ, यसमा कुनै प्रकारको सुगन्ध वा कति केमिकल मिसाइएको छ, ती जानकारी हेर्नुपर्छ ।

भर्जिन कोकोनट ओयल तपाईंको छालाका लागि पनि निकै फाइदाजनक हुन्छ किनभने यो प्राकृतिक रुपमा निकै शुद्ध हुन्छ ।

के छ नरिवल तेलको विशेषता?

नरिवलको तेल काँचो नरिवलबाट बनाइएको हुन्छ । योा चिसो मौसममा धेरैजसो जम्ने गर्छ, यदि मौसम गर्मी छ भने यो पग्लन्छ पनि ।

यसमा ४८-४९ प्रतिशत लरिक एसिड, १७.९ प्रतिशत मिरिस्टिक एसिड, ७.९ प्रतिशत क्यापिटिक एसिड, ८.०-८.१ प्रतिशत पामिटिक एसिड, ५.९-६.० प्रतिशत ओलिक एसिड ९१.९-२.०० प्रतिशत लिनोलिक एसिड र ९१.९-२.१० प्रतिशत स्टियरिक एसिड हुन्छ ।

जुन छालादेखि कपालसम्मका लागि निकै राम्रो मानिन्छ । यद्यपि, नरिवल तेलको अधिकांस हिस्सा बोसोको पनि हुन्छ ।

नरिवल तेलका फाइदा

-चमत्कारी असर कपालका लागिः

कपालको सही हेरविचारका लागि नरिवलको तेलभन्दा अरु राम्रो हुनै सक्दैन । नरिवलको तेलले कपालको रुखोपन समाप्त हुन्छ । कपालमा नरिवलको तेल लगाउनका लागि यसलाई मनतातो पार्नुहोस् र कपालको जरामा राम्रोसँग लगाउनुहोस् ।

-मेकअप रिमुभरको रुपमाः

मेकअप हटाउनका लागि हामी महँगा प्रोडक्ट खरिद गर्छौं । यो प्रोडक्टले हाम्रो छालालाई पनि हानी पुर्याउँछ । यसले विभिन्न समस्या निम्त्याउँछ । तपाईं मेकअप हटाउनका लागि नरिवलको तेलको प्रयोग गर्नुहोस् । मनतातो नरिवलको तेलको मसाज गरेर अनुहारलाई ताजगी दिनुहोस् र मेकअप प्रोडक्टको साइडइफेक्टबाट पनि बच्नुहोस् ।

-अनुहारका लागि मेकअप प्राइमरको रुपमाः

नरिवलको तेल अनुहारमा प्रयोगका लागि पनि फाइदाजनक हुनछ । यसमा अनुहारलाई हाइड्रेट गर्ने सबै गुण हुन्छ । त्यसैले त यो तेललाई अनुहारमा लगाउँदा छाला दिनभरी चम्किलो र नरम रहन्छ । नरिवलको तेल तपाईंको मेकअपका लागि पनि प्रयोग गर्न सकिन्छ भनेर थाहा छ रु तपाईं मेकअप गर्नुअघि प्राइमर झैं नरिवलको तेलको प्रयोग गर्नुहोस् । यसले तपाईंको मेकअपलाई इभन देखाउनेछ साथै छालामा ग्लो पनि आउनेछ ।

-दाँतको चमकका लागिः

आफ्नो दाँत र गिजाबाट फोहोर हटाउन र थप चम्किलो बनाउनका लागि कम्तीमा १५–२० मिनेटसम्म आफ्नो दाँत र गिजाको मालिस नरिवलको तेलले गर्नुहोस् त्यसपछि कुल्ला गर्नुहोस् ।

यद्यपि, बजारमा आजकाल छाला र कपाललाई हाइड्रेट गर्नका लागि विभिन्न क्रिम, श्याम्पू र तेल उपलब्ध छ । तर नरिवलको तेल हरेक मौसमका लागि उत्कृष्ट केयरटेकरभन्दा कम छैन । नरिवलको तेलले तपाईंलाई विभिन्न समस्याबाट छुटकारा दिन्छ ।

-ओठ नरम बनाउनका लागिः

चिसो मौसम होस् वा गर्मी । हामीले ओठको अतिरिक्त केयर गर्नुपर्छ । यसका लागि तपाईं नरिवलको तेलले बनेको लिप बाम प्रयोग गर्नुहोस् ।

-नुहाउने र शेभिङका लागि फाइदाजनकः

नुहाएपछि नरिवलको तेलको मालिसले शरीरलाई नरम र मुलायम बनाउँछ । यति मात्रै होइन यदि नरिवलको तेलमा थोरै सिरे नुन मिसाउर नुहाउनु अघि मालिस गरे, मांसपेशीले आराम पाउँछ र शरीर सुन्निन कम हुन्छ । यसका साथै तपाईंले दाह्री काट्ने बेला नरिवलको तेल पक्कै लगाउनुहोस् । यसले छालालाई हाइड्रेशन पाउँछ । संवेदनशील छाला र कपालका लागि पनि यो उत्कृष्ट विकल्प हो ।

-नरिवलको तेल चाया हटाउनका लागिः

चिसो मौसममा चायाको समस्या साधारण मानिन्छ । यस्तोमा तपाईंले आफ्नो कपालको जरालाई हाइड्रेट राख्न आवश्यक छ । यसले कपाल रुखो हुनबाट जोगाउँछ । रुखोपनको समस्याबाट पार पाएपछि चायाको समस्या पनि समाप्त हुनेछ । तपाईं नुहाउनु एक घण्टा अघि नरिवलको तेलकोृ मसाज लिन सक्नुहुन्छ ।

 

प्रकाशित मिति: Jan 8, 2021

प्रतिक्रिया दिनुहोस्