Logo
२ श्रावण २०८२, बिहीबार
(January 8, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सर्वोच्चले संविधान संशोधन गर्‍यो भने कागजको खोस्टोमा परिणत हुन्छ : श्रेष्ठ

राष्ट्रियसभाको शुक्रबार बसेको बैठकमा विशेष समयमा बोल्दै राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले संविधान बाहिर गएर संविधानकै प्रावधान संशोधन भयो भने संविधान कागजको खोस्टोमा परिणत हुने बताएका छन् ।

साथै नेकपाका दाहाल-नेपाल समुहका प्रवक्ता श्रेष्ठले प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्च अदालतले संविधानअनुसार फैसला गर्ने विश्वास व्यक्त गरेका हुन् ।

श्रेष्ठले भने, ‘संविधानमा हुँदै नभएको प्रावधान कसैले प्रयोग गर्ने र त्यसलाई अनुमोदन गर्न संविधान संशोधन गर्ने फैसला सर्वोच्चले गर्‍यो भने संविधान कागजको खोस्टोमा परिणत हुन्छ, संविधान च्यातिएको अवस्था हुन्छ। समग्र अवस्था उल्टिने खतरा हुन्छ। संविधान सम्मत ढंगले फैसला गर्छ भन्ने विश्वास छ।’

शुक्रबार राष्ट्रिय सभामा बोल्दै उनले भने, ‘सर्वोच्चलाई हाम्रो संविधानले संविधान संशोधन गर्ने अधिकार दिएको छैन। संविधान अन्तर्गत फैसला गर्ने मात्रै अधिकार दिएको छ , त्यसैले सर्वोच्च अदालतले पनि संविधानकै आधारमा टेकेर फैसला गर्ने हो, संविधान बाहिर गएर होइन,’

श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा हुँदै नभएको प्रावधानअनुसार प्रतिनिधि सभा विघटन गरेको बताएका छन्।

प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गरेर अलोकतान्त्रिक र प्रतिगमनकारी काम गरेको श्रेष्ठको भनाइ रहेको छ ।

प्रधानमन्त्री ओलीले पदीय स्वार्थका लागि पार्टी एकता गरेको उनको संकेत थियो। प्रधानमन्त्री ओली प्रतिनिधि सभा सुचारू गर्न चाहने हो भने पार्टी एकता सम्भावना पैदा हुने श्रेष्ठले बताए।

प्रकाशित मिति: Jan 8, 2021

प्रतिक्रिया दिनुहोस्